लिभरपुलले आर्सनलले हराएको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि २–० गोल अन्तरको जित निकालेको हो।
अत्यन्तै महत्वपूर्ण खेलमा आर्सनलमाथि जित निकालेको लिभरपुलले शीर्ष स्थानको म्यान्चेष्टर युनाइटेटसँग अंक दूरी १ अंकमा छोट्याएको छ।
बुधबारको खेलमा लिभरपुललाई जिताउन डिएगो जोटा र रोबर्टो फर्मिन्होले १-१ गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले २ गोल गर्यो।
खेलको ५४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए।
त्यस्तै खेलको ६२ औं मिनेटमा रोबर्टो फर्मिन्होले अर्को गोल थप्दै अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन सकेन र लिभरपुलले महत्वपूर्ण ३ अंक हात पार्यो।
यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंकदुरी १ अंकमा झारेको छ।
लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २९ खेलबाट ७० अंक जोडेको छ भने समान खेलबाट लिभरपुलले ६९ अंक पुर्याएको छ।
तेस्रो स्थानमा रहेको चेल्सीले ५९ अंक जोडेको छ।