इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट लगातार तेस्रो वर्ष पनि बाहिरिएको छ।
स्पेनिस क्लब भिल्लारियलसँग घरेलु मैदानमै पराजित भएपछि युभेन्ट्स यस वर्ष पनि बाहिरिएको हो।
बुधबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगममा युभेन्ट्स ३–० ले पराजित हुँदै समग्रमा ४-१ गोल अन्तरले पराजित भएको हो।
बुधबार रातिको खेलमा भिल्लारियलको जिताउन जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे।
एलिएन्ज स्टेडियममा पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफको अन्तिम १२ मिनेटमा लय गुमाउँदा घरेलु टोली पराजित हुन पुग्यो।
अत्यन्त प्रतिस्पर्धात्मक खेलको ७८ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरूआती अग्रता दिलाए। पेनाल्टी बक्समा रुगानीले फ्रान्सिस कोक्विलिनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै भिल्लारियललाई पेनाल्टी प्रदान गरेका थिए।
त्यसको सात मिनेटपछि पाउ टोरेसले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एर्नाउट डानजुमाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गरे। म्याथ्थिज डि लेग्टले डानजुमालाई फउल गर्न पुगेपछि रेफ्रीले खेलमा भिल्लालाई दोस्रोपटक पेनाल्टी दिएका थिए।
युभेन्ट्सले क्वाटरफाइनल पुग्न बराबरीको नतिजा पर्याप्त रहे पनि आफ्नो गल्तीमा गोल खान पुग्दा बाहिरिन बाध्य बन्यो। पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणबाटै बाहिरियो।