इङ्लिस क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको क्वाटरफाइनलमा मिड्ल्सब्रोलाई २-० गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम चारमा स्थान पक्का गरेको हो।
चेल्सीको जितमा रोमेलु लुकाकु र हाकिम जिएचले एक एक गोल गरेका थिए।
लुकाकुले खेलको १५औं मिनेटमा गोल गर्दै चेल्सीलाई शुरूवाती अग्रता दिलाएका थिए। यस्तै जिएचले खेलको ३१औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफमा २-०ले अघि रहेको चेल्सीले दोस्रो हाफमा उक्त अग्रता जोगाउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो।
अब क्वाटरफाइनलका अन्य खेलमा आज एभर्टन र क्रिस्टल प्यालेस, म्यानचेस्टर सिटी र साउथहम्पटनको तथा लिभरपुलले नोट्टिंगघम फोरेस्टबीच खेल हुनेछ।