आगामी सन् २०२८ मा हुने युरोकप फुटबल आयोजनाका लागि बेलायत र आयरल्याण्डले संयुक्तरूपमा दाबी गरेका छन्।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरो आयोजकको लागि युके र आयरल्याण्डले संयुक्त रूपमा दाबी पेश गरेको जानकारी दिएको छ।
युईएफएले आगामी मार्च २३ सम्म दाबी पेश गर्ने समयसीमा तोकेको थियो।
यस्तै अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लागे पनि रूसले प्रतियोगिता आयोजना गर्न इच्छुक रहेको बताएको छ।
युक्रेनमाथि आक्रमणको विरोध गर्दै रूसी क्लब र राष्ट्रिय टोलीहरू हाल फिफा र युइएफएद्वारा निलम्बित छन्।
प्रतिबन्धका बाबजुत पनि रूसले सन् २०२८ र २०३१ को युरोकप आयोजना गर्ने दाबी पेश गरेको छ।
यस्तै टर्कीले पनि २०२८ र २०३२ को युरोकप आयोजनाका लागि दाबी पेश गरेको छ।
यो सँगै सन् २०२८ को युरोकप आयोजनाका लागि बेलायत, आयरल्याण्ड, रूस र टर्कीले दाबी पेश गरेका हुन्।
इटालीले भने २०३२ को युरो आयोजनाका लागि दाबी पेश गर्ने बताईएको छ ।
युईएफएका अनुसार आयोजकको घोषणा २०२३ को सेप्टेम्बरमा गरिनेछ।