कतार विश्वकप अन्तर्गत युरोपियन छनोटको प्ले अफ खेलमा चेक रिपब्लिकलाई हराउँदै स्विडेन विश्वकप नजिक पुगेको छ।
छनोट प्ले अफ अन्तर्गत गएराती भएको खेलमा स्विडेनले चेक रिपब्लिकमाथि १-० गोल अन्तरले जित निकालेको हो।
स्विडेनलाई जिताउन रोबिन क्वाइसनले अतिरिक्त समयमा निर्णायक गोल गरे।
निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ११०औं मिनेटमा क्वाइसनले निर्णायक गोल गरे।
अब स्विडेनले विश्वकप प्रवेशका लागि पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। रसियालाई फिफाले प्रतिबन्ध लगाएसँगै पोल्याण्ड सोझै फाइनलमा प्रवेश गरेको हो।
अब प्ले अफको फाइनलमा पोल्यान्ड र स्वीडेन, पोर्चुगल रर्थ म्यासेडोनिया तथा वेल्स र स्कटल्यान्ड र युक्रेनबीचको विजेताबीच प्रतिस्पर्धा हुनेछ।
स्कटल्यान्ड र युक्रेनबीचको खेल स्थगित छ।