यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ।
फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको हो।
कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अल बायत स्टेडियममा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३: ४५ बजे सुरू हुनेछ।
पहिलो दिन थप तीन खेलहरू हुनेछन्। जसमा सेनेगलले नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार १८:४५ बजे प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै समूह ‘बी’का दुई खेल हुनेछन्। जसमा इङ्ल्यान्डले एसियाली मुलुक इरानसँग नेपाली समय अनुसार राती २१:४५ बजे खेल्दा यूएसएले स्कटल्यान्ड/वेल्स र युक्रेनमध्ये विश्वकपमा छनोट हुने एक टोलीसँग राती ००:४५ बजे खेल्नेछ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ। कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ।
समूह विभाजन
समूह ‘ए’ :
- कतार
- नेदरल्यान्ड
- सेनेगल
- इक्वेडर
समूह ‘बी’ :
- इङ्ल्यान्ड
- अमेरिका
- इरान
- वेल्स/स्कटल्याण्ड/युक्रेन
समूह ‘सी’ :
- अर्जेन्टिना
- मेक्सिको
- पोल्याण्ड
- साउदी अरेबिया
समूह ‘डी’ :
- फ्रान्स
- डेनमार्क
- ट्यूनिसिया
- युएई/अष्ट्रेलिया/पेरू
समूह ‘ई’ :
- स्पेन
- जर्मनी
- जापान
- कोष्टारिका/न्यूजिल्याण्ड
समूह ‘एफ’ :
- बेल्जियम
- क्यानडा
- क्रोएसिया
- मोरक्को
समूह ‘जी’ :
- ब्राजिल
- स्वीटजरल्यान्ड
- सर्बिया
- क्यामरून
समूह ‘एच’ :
- पोर्चुगल
- उरुग्वे
- दक्षिण कोरिया
- घाना
खेल तालिका