स्पेनिस ला लिगामा सेभिल्लालाई १-० गोल अन्तरमा हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राती भएको खेलमा बार्सिलोनालाई जिताउन पेड्रीले निर्णायक गोल गरे।
पहिलो हाफसम्म गोलरहित बरबरीमा सकिएको खेलमा दोस्रो हाफको ७२ औं मिनेटमा पेड्रीले निर्णायक गोल गरेका थिए।
अत्यन्त प्रतिश्पर्धात्मक खेलमा त्यसपछि थप गोल नहुँदा बार्सिलोनाले कठिन जित निकाल्यो।
यो जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पछिल्लो १४ खेलमा अपराजित बार्सिलोनाले २९ खेलबाट ५७ अंक जोड्दै उपाधि जित्ने सम्भावना कायमै राखेको छ।
लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले एक खेल बढी खेल्दै ६९ अंक जोडेको छ। रियल बार्सिलोनाभन्दा अझै १२ अंकले अगाडि छ। १-१ खेल बढी खेलेका एथ्लेटिको म्याड्रिड र सेभिल्लाको समान ५७ अंक भए पनि गोल अन्तरमा तेस्रो र चौथो स्थानमा छन्। पाँचौ स्थानमा रहेको रियल बेटिसको ५३ अंक छ।