हाकान काल्हानोग्लुको विवादित पेनाल्टीमा इन्टर मिलानले युभेन्टसमाथि कठिन जित निकालेको छ।
सिरी ए अन्तर्गत आइतबार राति टुरिनमा भएको खेलमा युभेन्टसलाई १-०ले हराएको मिलानले उपाधि यात्रा कायमै राखेको छ।
आइतबारनै एटलान्टामाथि ३-१ को जित निकालेको नापोली र सोमबार बोलोग्नासँग खेल्न लागेको एसी मिलान भन्दा इन्टर मिलान ३ अंकले पछि छ।
पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमार्फत गोल गरेका थिए।
काल्हानोग्लुको प्रारम्भिक पेनाल्टी युभेन्टसका गोल रक्षक ओजसिएचले बचाए पनि भिडियो सहायक रेफ्रीले पुनः पेनाल्टीको अवसर दिएपछि दोस्रो प्रयासमा गोल गरेका थिए।
डेन्जेल डम्फ्रिजलाई एलेक्स स्यान्ड्रोले डिएरियामा लडाएपछि भिएआरमार्फत रेफ्रीले मिलानलाई पेनाल्टी दिएका थिए। तर रेफ्रीको निर्णयबाट युभेन्टस आक्रोशित भएको थियो।
त्यसपछि बाँकी समय दुबै टोलीबाट गोलका प्रयास भए पनि सदुपयोग हुन सकेन।
जितपछि इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ। ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ।
लिगको शीर्ष स्थानमा भने ६६ अंकसहित एसी मिलान छ। १ खेल बढी खेलेको नापोली समान अंक भए पनि दोस्रो स्थानमा छ।