क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनलमाथि सानदार जित निकालेको छ।
शीर्ष चारको दौडमा रहेको लन्डन क्लब आर्सनलले सोमबार राति भएको खेलमा क्रिस्टलसँग ३-० को लज्जास्पद हार व्यहोरेको हो।
क्रिस्टलको जितमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे।
खेलको १६ औं मिनेटमा जिन फिलिपे मटेटाले गोल गर्दै घरेलु टोली क्रिस्टललाई १–० को अग्रता दिलाए। २४औं मिनेटमा जोआचिम एन्डरसनकै पासमा जोर्डन एयुले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २-० ले अघि रहेको क्रिस्टलले दोस्रो हाफमा थप १ गोल गर्यो।
७४ औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको जित पक्का गरे। मार्टिन ओडेगार्डले पेनाल्टी बक्समा जाहालाई फउल गरेपछि रेफ्रीले क्रिस्टल प्यालेसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जाहा चुकेनन् ।
घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव सिर्जना गरे पनि फिनिसिङमा चुक्दा आर्सनलले फराकिलो हार बेहोर्न बाध्य भयो।
यो जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत छ। समान ५४ अंक रहेपनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि छ।