स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले १२ अंकको अग्रता बनाएको छ।
घरेलु मैदानमा गेटाफेलाई २-० गोल अन्तरले हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा अंक दूरी बढाएको हो।
रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले १-१ गोल गरे।
सान्टियागो बर्नबेउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३८औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियलले पहिलो हाफमा १–० को अग्रता दिलाए।
यस्तै ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। यसपछि दुबै पक्षबाट गोल हुन नसकेपछि रियलले खेल हसजै जित्यो।
यो जितसँगै रियलले शीर्षस्थानमा १२ अंकको अग्रता बनाएको छ। रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ। दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ। पराजित गेटाफे ३२ अंक जोडेर १४ औं स्थानमा रहेको छ।