शीर्ष ४ को दौडमा रहेको एट्लेटिको म्याड्रिड रेलिगेसन जोनमा रहेको रियल मलोर्कासँग १–० ले स्तब्ध भएको छ। एट्लेटिकोलाई स्तब्ध पार्न दोस्रो हाफमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।
अत्यन्त प्रतिश्पर्धात्मक खेलमा एथ्लेटिकोले पाएका केही राम्रा अवसरलाई मलोर्काका रक्षकले विफल बनाइदिएका थिए।
यो जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थानमाथि उक्लिएको छ।
यता महत्वपूर्ण खेलमा पराजित भएपछि एट्लेटिकोले दोस्रो स्थानमा उक्लने मौका गुमायो।
एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा कामयै छ। ६० अंक जोडेको सेभिया दोस्रो तथा २ खेल कम खेल्दै ५७ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छन्।
शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ७२ अंक छ।