चेल्सीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भए पनि समग्रमा ५–४ को अग्रता निकाल्दै रियल अन्तिम चारमा पुगेको हो।
पहिलो लेगमा करिम बेन्जेमाको ह्याट्रिकमा रियलले साविक विजेतासमेत रहेको चेल्सीलाई ३-१ ले हराएको थियो।
घरेलु मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमाले निर्णायक गोल गरे।
निर्धारित समयमा खेल ३-१ अर्थात समग्रमा ४–४ को बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा बेन्जेमाले गोल गरेका थिए।
भिनिसियस जुनियरले दिएको पासमा उनले हेडमार्फत गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्याए।
खेलमा ३–० ले पछि परेको अवस्थाबाट रोड्रिगोले ८० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। लुका मोड्रिचको पासमा रोड्रिगोले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए।
खेलको १५ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले अघि रहेको चेल्सीले ५१ औं मिनेटमा अग्रता दोब्बर बनायो। एन्टोनियो रूडिगरले गोल गर्दै चेल्सी खेलमा २-० ले अघि बढ्यो। यो सँगै चेल्सीले समग्रमा खेल बराबरीमा ल्यायो।
त्यसपछि ७५ औं मिनेटमा टिमो वार्नरले गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाए।
तर, ८० औं मिनेटमा रोड्रिगोले गोल गरेपछि खेल बराबरीमा सकियो। यो बराबरीसागै खेल अतरिक्त समयमा धकेलियो।
अतिरिक्त समयको ९६ औं मिनेटमा बेन्जेमाले गोल गर्दै टोलीलाई जिताए।