युक्रेन र स्कटल्याण्डबीच हुने फिफा विश्वकप छनोट अन्तर्गत प्ले अफ सेमिफाइनल खेल आगामी जुन १ मा हुने भएको छ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि रोकिएको खेल आगामी जुन १ मा हुने भएको हो।
यसअघि नियमित तालिका अनुसार मार्च २४ हुने तालिका थियो। तर, युद्वको सामना गरिरहेको युक्रेनले फिफासँग आग्रह गरेपछि खेल पछिलाई सारिएको थियो।
यो खेलको विजेताले आगामी जुन ४ मा वेल्ससँग खेल्नेछ। विजेता टोलीले कतार विश्वकपको समूह बीमा इङ्ल्याण्ड, अमेरिका र इरानसँग रहनेछ।
यसपछि एसियाली छनोटबाट अष्ट्रेलिया र युएईले आगामी जुन ७ मा खेल्नेछन्। यसको विजेताले जुन १३ मा पेरूसँग प्रतिश्पर्धा गर्नेछ र विजेता टोली समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ।
यस्तै १४ जुनमा हुने कोष्टारिका र न्यूजिल्याण्डको विजेता विश्वकपमा छनोट हुने अन्तिम टोली हुनेछ। स्पेन, जर्मनी र जापानसँगै यो टोली समूह ई मा रहनेछ।
फिफा विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ।
यस्तो छ समूह विभाजन र खेल तालिका
समूह विभाजन
समूह ‘ए’ :
- कतार
- नेदरल्यान्ड
- सेनेगल
- इक्वेडर
समूह ‘बी’ :
- इङ्ल्यान्ड
- अमेरिका
- इरान
- वेल्स/स्कटल्याण्ड/युक्रेन
समूह ‘सी’ :
- अर्जेन्टिना
- मेक्सिको
- पोल्याण्ड
- साउदी अरेबिया
समूह ‘डी’ :
- फ्रान्स
- डेनमार्क
- ट्यूनिसिया
- युएई/अष्ट्रेलिया/पेरू
समूह ‘ई’ :
- स्पेन
- जर्मनी
- जापान
- कोष्टारिका/न्यूजिल्याण्ड
समूह ‘एफ’ :
- बेल्जियम
- क्यानडा
- क्रोएसिया
- मोरक्को
समूह ‘जी’ :
- ब्राजिल
- स्वीटजरल्यान्ड
- सर्बिया
- क्यामरून
समूह ‘एच’ :
- पोर्चुगल
- उरुग्वे
- दक्षिण कोरिया
- घाना
खेल तालिका