क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले आफ्नो बच्चाको मृत्यु भएको जानकारी दिएका छन्।
उनीहरूले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको जानकारी दिएका हुन्। ‘ आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखमा साथ भन्नु परेको छ।’
जुम्ल्याहा बच्चाको आशा गरेका उनीहरूले दुई मध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका हुन्।
यसलाई उनीहरूले कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्।
जुम्लाहामध्ये छोरी बाँचेकाले आफूहरूलाई केही आशा र खुशी मिलेको बताएका छन्। ‘दुई मध्ये छोरी बाचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ’, उनीहरूले एक विज्ञप्ति निकालेर भनेका छन्।
३७ वर्षिय रोनाल्डो र २८ वर्षिय रोड्रिग्वेजले यसअघि अक्टुबरमा बा-आमा बन्ने घोषणा गरेका थिए।
रोनाल्डो अहिले ५ बच्चाका पिता छन् । प्रेमिका रोड्रीगुएजबाट यसअघि पहिलो बच्चा अलाना मार्टिनाको २०१७ मा जन्म भएको थियो। मार्टिना बाहेक रोनाल्डोका छोरा रोनाल्डो जुनियर र जुम्ल्याह इभा र माटेओ छन्।