इंग्लिस प्रिमियर लिगको उपाधि भिडन्त रोचक बन्दै गएको छ।
लिग अन्तिमतिर पुग्दा शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलको समान अंक छ।
सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलले एक खेल बढि खेलको छ भने ८६ अंक नै जोडेको छ।
लिभरपुलले मंगलबार राति भएको खेलमा एस्टन भिल्लालाई २-१ गोलले हरायो।
अब लिभरपुलले दुई खेल खेल्न बाँकी छ भने शीर्ष स्थानको सिटीले तीन खेल खेल्न बाँकी छ।
सिटीले लिग जित्न अब बाँकी रहेका तीन मध्ये दुई खेलमा जित निकाल्दै एक खेल बराबरी खेले पुग्छ।
लिभरपुलका लागि बाँकी दुई खेल जितेर मात्र पुग्दैन सिटीको खराब नजिताको अपेक्षा गर्नु पर्नेछ।
सिटीले आज राति वुल्भ्ससँग खेल्नेछ भने १५ मेमा वेस्ट ह्याम र २२ मेमा एस्टन भिल्लासँग खेल्दैछ।
लिभरपुलले साउथह्यामसँग १७ मेमा र वुल्भ्ससँग २२ मेमा खेल्नेछ।
त्यसअघि लिभरपुलले चेल्सीसँग एफए कपको फाइनलमा भिडन्त गर्नेछ। फाइनल आगामी शनिबार हुँदैछ।