इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।
आइतबार साँझ भएको खेलमा सिटी र वेस्ट ह्यामले २-२ को बराबरी खेलेका छन्।
खेलमा वेस्ट ह्यामले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो।
दोस्रो हाफमा सिटीले दुई गोल फर्काएको थियो। यद्यपी खेलको अन्त्यतिर पेनाल्टी मिस गर्दा सिटीले जित निकाल्न भने सकेन।
खेलको २४ र ४५ मिनेटमा जारोड बोओनले वेस्ट ह्यामका लागि गोल गरेका थिए।
सिटीका लागि ग्रेलिसले ४९ मिनेटमा गोल गर्दा ६९ मिनेटमा वेस्ट ह्यामका कोएफले आत्मघाती गोल गरेका थिए। ८
९ मिनेटमा सिटीका रियाद महारेजले प्राप्त पेनाल्टीमा गोल गर्न चुके। उनको पेनाल्टी प्रहारलाई वेस्ट ह्यामका गोलकिपरले विफल पारे।
जितसँगै सिटीले अन्तिम खेलअघि ९० अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको २ खेल बाँकी हुँदा ८६ अंक छ।
अब सिटीले अन्तिम खेलमा एस्टन भिल्लासँग खेल्नेछ।
लिभरपुलले मंगलबार साउथह्याम्टनसँग खेल्नेछ भने अन्तिम दिन २२ मेमा वुल्भ्ससँग खेल्नेछ।
सिटीले अन्तिम खेलमा जित हात पारे लिगको उपाधि जित्नेछ। लिभरपुरका लागि भने बाँकी दुवै खेल जितेर मात्र पुग्दैन सिटीले अन्तिम खेलमा अंक गुमाउनु पर्नेछ।