इंग्लिस प्रिमियर लिगको उपाधि टुंगो अन्तिम दिन लाग्ने भएको छ।
लिभरपुलले अन्तिम खेलअघि साउथह्याम्टनलाई २-१ ले पराजित गरेसँगै प्रिमियर लिगको टुंगो अन्तिम दिन लाग्ने भएको हो।
लिभरपुललाई जित दिलाउने क्रममा मिनामिनोले २७ मिनेट र मटिपले ६७ मिनेटमा गोल गरे।
त्यसअघि रेडमडले १३ मिनेटमा गोल गरेर साउथह्याम्टनलाई पहिले अग्रता दिलाएका थिए।
अन्तिम खेलअघि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ९० अंक र दोस्रो स्थानको लिभरपुलको ८९ अंक भएको छ।
अन्तिम दिन २२ मेमा सिटीले एस्टन भिल्ला र लिभरपुलले वुल्भ्ससँग भिड्नेछन्।
सिटीलाई लिग जित्न भिल्लालाई हराए पुग्छ। तर लिभरपुललाई आफूले जितेर मात्र पुग्दैन सिटीको बराबरी वा हारको कामना गर्नु पर्नेछ।
लिभरपुल पराजित भए सिटीले स्वत: लिग जित्नेछ।
लिभरपुल बराबरीमा रोकिए वा सिटी पराजित भए गोलअन्तरको आधारमा लिगको टुंगो लाग्न सक्छ। गोलअन्तरमा सिटी ६ गोलले अघि छ।