राष्ट्रिय फुटबल टिमका खेलाडी र प्रशिक्षक विवादको सत्यतथ्य पत्ता लगाउन पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी विजय राणाको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलले बुधबार अखिल नेपाल फुटबल संघलाई प्रतिवेदन बुझाएको छ।
कार्यदलले २८ पृष्ठको प्रतिवेदन एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएको हो।
एसियन कपको तयारीको बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका १० सदस्यले घटनाको सत्यतथ्य पत्ता लगाउन मागरेका छन्। त्यसपछि एन्फाको आकस्मिक कार्यकारी समितिले पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापासहितको कार्यदल गठन गरेको थियो।
प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीहरूले बन्द प्रशिक्षण छाडेका थिए।
प्रतिवेदन ग्रहण गर्दै एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदनमा आएका सुझावका आधारमा एन्फाले थप निर्णय गर्ने बताए।
‘अब सचिवालय वा कार्यसमिति बैठक वा एन्फाको कानूनी समितिबाट प्रतिवेदनका सुझावका आधारमा आवश्यक काम गर्छौँ,’ तुलाधरले भने ।
तुलाधरले प्रतिवेदन छिट्टै सार्वजनिक गरिने पनि बताए ।