एसी मिलानले ११ वर्षपछि 'इटालियन सिरि ए' को उपाधि जितेको छ।
आइतबार राति भएको लिगको अन्तिम खेलमा सासौलोलाई ३-० गोलले हराएपछि एसी मिलानले २०११ पछि पहिलो पटक उपाधि जितेको हो।
मिलानको जितमा जिरूडले १७ र ३२ तथा केसीएले ३६ मिनेटमा गोल गरे।
उसले समग्रमा लिग जितेको भने यो १९औं पटक हो।
यता अन्तिम खेलमा साम्पडोरियालाई ३-० ले पराजित गरे पनि इन्टर मिलान भने दोस्रो स्थानमा सीमित बन्यो। लिगमा नापोली तेस्रो र युभेन्ट्स चौथो भए।