आगामी असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदैछ। जेठ ६ गतेदेखि १२ गतेसम्म उम्मेदवारी दर्ता समयमा तोकिएको थियो।
समितिकाअनुसार २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ।
निर्वाचनमार्फत् एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्यको चयन गर्नेछ।
अध्यक्षकाका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन भने अध्यक्ष पदकै लागि फ्रेन्ड्स क्लबका राजिव पौडेलले पनि उम्मेदवारी बिहीबार दर्ता गराएका छन्। तीन अध्यक्षका प्रत्यासीले निर्वाचन समितीले तोकेको समयभित्र छुट्टा-छुट्टै कार्यक्रम गरेर घोषणा गरेका थिए।
वरिष्ठ उपाध्यदुई जनाको उम्मेदवारी परेको छ। शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराउँदा पंकजको प्यानलबाट सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
४ उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट कुमार केसी, विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
पंकजको प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा मनोनय दर्ता गराएका छन् ।
१३ खुल्ला सदस्यमा दिपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणीराज विष्ट, मनिष जोशी, सुरेन्द्र सिख्राकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकासनारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, शम्भु सिंह ठकुरी, रमेशकुमार श्रेष्ठ, बिनोद लामा तामाङ, मणिकुमार लिम्बु, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही र दिपेन्द्र धिमालको उम्मेदवारी परेको छ।
यस्तै महिला दुई जनाको सदस्यका लागि विमला पौडेल, सरिता श्रेष्ठ, बिन्द्रा देवन, पेमा डोल्मा लामा, विना श्रेष्ठले उम्मेदवारी दिएका छन्।
निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ गरी ८७ भोटर हुनेछन्।