२३ वर्षको पर्खाइपछि नटिङघम फरेस्ट इंल्यान्डको शीर्ष डिभिजनको लिग इंग्लिस प्रिमियर लिगमा फर्किएको छ।
आइतबार भएको दोस्रो डिभिजनको लिग च्याम्पियनसिपको प्लेअफमा हडर्सफिल्डलाई १-० ले पराजित गर्दै नटिङघम प्रिमियर लिगमा बढुवा भएको हो।
पछिल्लो पटक उसले सन् १९९८-९९ को इंग्लिस प्रिमियर लिग खेलेको थियो।
सो सिजन नटिङघम २०औं स्थानमा रहदै रेलिगेसनमा परेको थियो।
नटिङघम पूर्व युरोपियन च्याम्पियन समेत हो। युरोपियन च्याम्पियन्स लिग सुरू हुनुअघिको प्रतियोगिता युरोपियन कप नटिङघमले दुई पटक जितेको थियो। नटिङघम सन् १९७९ र १९८० मा युरोपियन कप च्याम्पियन बनेको थियो।
यस्तै इंग्लिस प्रिमियर लिग सुरू हुनुअघिको इंग्ल्यान्डको पहिलो डिभिजनको लिग पनि नटिङघमले जितेको थियो। उसले सन् १९७७-७८ को लिग जितेको थियो।
२३ वर्षपछि इंग्ल्यान्डको शीर्ष डिभिजनमा पुग्ने क्रममा नटिङघनमा आत्मघाती गोलको साहरा लियो। आइतबार हडर्सफिल्डका कोलविलले ४३ मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए।
यो सिजन तेस्रो भएको हडर्सफिल्ड र चौथो भएको नटिङघमबीच प्लेअफ भएको थियो।
च्याम्पियनसिपमा शीर्ष भएको फुलहम र दोस्रो भएको बर्नमाउथ भने यसअघि नै प्रिमियर लिगमा बढुवा भएका थिए। यी तीन क्लब शीर्ष डिभिजनमा पुग्दा वर्नली, वाटफोर्ड र नर्विच सिटी रेलिगेसनमा परेका थिए।