झापा फुटबल क्लब बी डिभिजनमा बढुवा भएको छ। सहिद स्मारक सी डिभिजन लिगको अन्तिम खेलअघि नै झापाले बी डिभिजनमा स्थान पक्का गरेको हो।
अन्तिम खेलअघि झापाले सोमबार भएको खेलमा वीरगन्ज युथ क्लबलाई ५-० गोलले हरायो।
झापाको अन्तिम खेलअघि ३१ अंक भएको छ। दोस्रो स्थानको प्लानिङ ब्वाइज युनाइटेड क्लब र तेस्रो स्थानको आरसी ३२ को समान २८-२८ अंक छ।
अन्तिम खेलमा झापाले हारे पनि बी डिभिजनमा पुग्नेछ। किनभने झापाले यसअघि आरसी ३२ लाई पराजित गरेको थियो। जसका कारण आरसी ३२ सँग झापा हेड टु हेडमा अघि छ।
झापाले लिगका १२ मध्ये १० खेलमा जित निकाल्यो। उसले एक खेलमा हार र एक खेलमा बराबरी खेल्यो।
अब अन्तिम चरणको खेलबाट बी डिभिजनम पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। आरसी ३२ र प्लानिङ ब्वाइज मध्ये एक टिम बी डिभिजनमा पुग्नेछ।
बी डिभिजनमा पुग्न आरसी ३२ लाई जित मत्र निकालेर पुग्दैन प्लानिङ ब्वाइजको हारको कामना गर्नु पर्नेछ। प्लानिङ ब्वाइजलाई भने आफूले जित हात पर्याप्त हुनेछ।
यत झापासँग पराजित भएसँगै वीरगन्ज युथ एकेडेमी भने रेलिगेसनमा परेको छ। यसअघि लिगबाट ओएसिस क्लब रेलिगेसनमा परेको थियो।