प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजनमा बढुव भएको छ। सहिद स्मारक सी डिभिजन लिगको आफ्नो अन्तिम खेलमा शुक्रबार ओएसिस क्लबलाई ५-० गोलले पराजित गर्दै प्लानिङ दोस्रो डिभिजनमा बढुवा भएको हो।
काठमाडौंको प्लानिङ ब्वाइज २०६७ सालाम स्थापना भएको क्लब हो। स्थापना भएको दोस्रो वर्षमै प्लानिङ ब्वाइज सी डिभिजनमा पुगेको थियो।
त्यसयता लगातार सी डिभिजनमा प्रतिस्पर्धा गरेको प्लानिङलाई बी डिभिजनमा पुग्न ११ वर्ष लाग्यो।
यता गत वर्ष सी डिभिजन पुगेको आरसी-३२ को बी डिभिजनमा पुग्ने लक्ष्य भने पूरा हुन सकेन। अन्तिम खेलमा आरसी-३२ ले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेल्यो।
अन्तिम खेलअघि प्लानिङले ३१ अंक जोड्दा आरसी-३१ ले २९ अंक मात्र जोड्न सक्यो। प्लानिङले १३ मध्ये ९ खेलमा जित र ४ खेलमा बराबरी खेल्यो। सिजनको सी डिभिजनमा अपराजित रहने प्लानिङ एक्लो टिम बन्यो।
आरसी-३२ ले १३ मध्ये ९ खेलमा जित निकाल्दा २-२ खेलमा हार र बराबरी खेल्यो।
यसअघि झापा फुटबल क्लबले अन्तिम खेलअघि नै बी डिभिजनम स्थान पक्का गरेको थियो।
अन्तिम खेलमा झापाले आज स्वयम्भूसँग प्रतिस्पर्धा गर्दैछ। यो खेलपछि सी डिभिजन च्याम्पियनको टुंगो लाग्नेछ। अन्तिम खेलअघि झापाको पनि प्लानिङकै जति ३१ अंक छ।
सी डिभिजन लिगबाट वीरगन्ज युथ एकेडेमी र ओएसिस क्लब भने रेलिगेशनमा परे।