साडियो माने सानेगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्।
३० वर्षीय फरवार्ड मानेले सेनेगलबाट अन्तर्राष्ट्रिय गोल संख्या ३२ पुर्याएका छन्।
शनिबार राति भएको बेनिनविरूद्ध खेलमा उनले ह्याट्रिक गरेका थिए।
२०२३ को अफ्रिका कप अफ नेसन्सको छनोटमा उनले ह्याट्रिक गर्दा सेनेगल ३-१ गोलले विजयी भयो। मानेले २०१२ मा राष्ट्रिय टिमबाट डेब्यू गर्दै ९० खेल खेलिसकेका छन्।
हाल इंग्लिस क्लब लिभरपुलबाट खेलिरहेका मानेले त्यसअघि इंग्लिस क्लब साउथह्याम्टन,अस्ट्रियन क्लब रेड बुल साल्जवर्ग र फ्रेन्स क्लब मेन्जबाट खेलेका थिए।
यसअघि मानेले सेनेगलका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका थिए। उनले हेनरी कमराको कीर्तिमान बराबरी गरेका थिए।
हेनरीले सन् १९९९ देखि २००८ सम्ममा सेनेगलबाट ९९ खेल खेल्दा २९ गोल गरेका थिए। उनले व्यवसायिक खेलका दौरान इंग्लिस क्लब वुल्भ्स र विगानबाट खेलेका थिए।