एएफसी एसियन कप २०२३ छनोट तेस्रो चरणको पहिलो खेलमा दक्षिण एसियाली टोली भारतले सहज जित निकालेको छ।
छनोटअन्तर्गत बुधबार भएको समूह ‘डी’ को खेलमा भारतले कम्बोडियालाई २–० गोल अन्तरमा हरायो।
घरेलु मैदानमा भारतलाई जिताउन दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरे।
खेलको १४ औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गरेका सुनिलले ६०औं मिनेटमा दोस्रो गोल गर्दै भारतको जित निश्चित गरे।
यही समूहको अर्को खेलमा हङकङले अफगानिस्तालाई २-१ गोल अन्तरमा हरायो। हङकङलाई जिताउन वाई ओङ र म्याथ्यु इलिओट विङ काईले १-१ गोल गरे। अफगानिस्ताना लागि फारसाद नुरले सान्तवना गोल फर्काए।
यस्तै बुधबारै भएको अर्को खेलमा समूह ई मा रहेको बंगालदेश बहराइनसँग २-० गोल अन्तरमा पराजित भयो।
बहराइनलाई जिताउन अलि हराम र कामिल अल आश्वादले गोल गरेका थिए।
यस्तै समूह ‘सी’ मा रहेको अर्को दक्षिण एसियाली टोली श्रीलंका उज्वेकिस्तानसँग ३–० ले पराजित भयो ।
उज्वेकिस्तानमै भएको खेलमा घरेलु टिमलाई जित दिलाउँन जलोलिदिन मसारिपोभ, दोस्तोनबेक खाम्दामोभ र फारुख सेफिभले एक–एक गोल गरेका थिए।
समूह सी मै रहेको माल्दिभ्स थाइल्याण्डसँग समान ३-० गोल अन्तरमा पराजित भयो।
उज्वेकिस्तानमा भएको खेलमा थाइल्याण्डलाई जिताउन सारच योयेन, तिरासिल दाङ्गडा र तान्सा हेम्भिबुनले गोल गरे।