यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले पोल्याण्डमाथि सानदार जित निकालेको छ।
एक गोलको अग्रता उल्ट्याउँदै बेल्जियमले पोल्याण्डको पोष्टमा आधा दर्जन गोल गर्यो।
खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरूआती अग्रता दिलाएका थिए।
तर, ४२ औं मिनेटमा एलेक्स विसलको गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा १-१ गोलको बराबरीमा पुर्याए।
पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा बेल्जियमले एकपक्षीय खेल खेल्यो।
५९ औं मिनेटमा केभिन डी ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २-१ ले अगाडि बढाए। ७३ औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे।
८० औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ४-१ ले अगाडि बढ्यो।
८३ औं मिनेटमा लिन्डर डेनडोनकरले गोल गर्दा बेल्जियमले अग्रता अझ फराकिलो बनायो।
खेलको इन्जुरी समयमा लोइस ओपेन्ड़ाले गोल गरेपछि बेल्जियम ६-१ ले विजयी भयो। यो जितसँगै लिग ए ग्रुप ४ को बेल्जियमले २ खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। पोल्याण्ड तालिकाको तेस्रो स्थानमा छ।
दुबै खेल जितेको नेदरल्याण्ड शीर्ष स्थानमा रहँदा दुबै खेल हारेको वेल्स पुछारमा छ।