चेक गणतन्त्रलाई हराउँदै पोर्चुगल युइएफए नेसन्स लिगमा समूह ए २ को शीर्ष स्थानमा उक्लिएको छ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो।
पोर्चुगलको जितमा जाआओ क्यान्सेलो र इस्टाडियो गोन्सेलो गुडेसले समान एक-एक गोल गरे ।
खेलको ३३औं मिनेटमा क्यान्सेलोले बर्नेडो सिल्भाको पासलाई सदुपयोग गर्दै पोर्चुगललाई पहिलो अग्रता दिलाएका थिए। यस्तै, ३८औं मिनेटमा गुडेसले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको चेक रिपब्लिकले पोर्चुगललाई रोके पनि गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो।
जितसँगै तीन खेलबाट सात अंक जोडेको पोर्चुगल समूहको शीर्ष स्थानका उक्लिएको छ। समूहमा अपराजित पोर्चुगलले दुई खेलमा जित निकाल्दा एकमा बराबरीको नतिजा निकालेको थियो।
यस्तै, समान खेलबाट चार अंक जोडेको चेक तालिकाको तेस्रो स्थानमा छ। ३ खेलबाट ५ अंक जोडेको स्पेन दोस्रो स्थानमा छ। अंकविहिन स्वीटजरल्याण्ड पुछारमा छ।