यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले पहिलो जित निकालेको छ। समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्वीजरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।
स्पेनको जितमा पाब्लो सराबियाले निर्णायक गोल गरे।
उनले खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा गोल गरेका हुन् ।
सुरूआती अग्रता जोगाउँदै स्पेनले महत्वपूर्ण ३ अंक जोडेको हो।
यस जितसँगै लिग ए समूह २ मा स्पेनले अपराजित रहँदै ३ खेलबाट ५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको स्पेनले १ जित र २ बराबरी नतिजा निकालेको छ।
तीन खेलबाट सात अंक जोडेको पोर्चुगल समूहको शीर्ष स्थानका उक्लिएको छ। समूहमा अपराजित पोर्चुगलले दुई खेलमा जित निकाल्दा एकमा बराबरीको नतिजा निकालेको छ।।
यस्तै, समान खेलबाट चार अंक जोडेको चेक तालिकाको तेस्रो स्थानमा छ। अंकविहिन स्वीटजरल्याण्ड पुछारमा छ।