एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा सार्क राष्ट्र भारतले लगातार दोस्रो जित हात पारेको छ।
समूह ‘डी’ को खेलमा घरेलु टिम भारतले अफगानिस्तानलाई २-१ गोलले पराजित गर्यो।
भारतको लागि कप्तान सुनील क्षेत्रीले ८६ मिनेटमा पहिलो गोल गरेका थिए।
यद्यपी अफगानिस्तानका जुबयर अमिरीले ८८ मिनेटमा बराबरी गोल फर्काए।
दोस्रो हाफको इन्जुरी टाइममा सहल समादले गोल गरेपछि भारतलाई रोमान्चक जित निकाल्न सफल भयो।
यसअघि समूहमा भारतले कम्बोडियालाई पराजित गरेको थियो।
समूहमा लगातार दुई खेलमा जित निकालेको शीर्ष टिम हङकङविरुद्ध भारतले अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ। यो खेलपछि एसियन कपमा छनोट हुने टिमको टुंगो लाग्नेछ।
यता अरू सार्क देशहरू श्रीलंका, बंगालदेश र माल्दिभ्स भने पराजित भएका छन्।
श्रीलंकालाई थाइल्यान्डले २-०, बंगलादेशलाई तुर्कमिनिस्तानले २-१ र माल्दिभ्सलाई उज्वेकिस्तानले ४-० गोलले हराए।
तीनै टिमले समूहमा लगातार दोस्रो हार बेहोरेका हुन्। जसका कारण तीनै टिमको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ।