चेक रिपब्लिकमाथि सहज जित निकाल्दै स्पेन युइएफए नेसन्स लिग ए ग्रुप २ को शीर्षस्थानमा उक्लिएको छ।
स्पेनले घरेलु मैदानमा चेक रिपब्लिकमाथि २–० को सहज जित निकालेको हो।
शीर्ष स्थानको पोर्चुगलले स्वीटजरल्याण्डसँग १-० ले हार बेहोरेपछि स्पेन अघि बढेको हो।
स्पेनको मालगामा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन कार्लोस सोलेर र पाब्लो सारावियाले गोल गरे।
खेलको २४औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनलाई सुरूआती अग्रता दिलाए। पहिलो हाफमा १-० ले अग्रता लिएको स्पेनले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गर्यो।
७५औं मिनेटमा परिवर्तित खेलाडी पाब्लो सारावियाले गोल गर्दै स्पेनको जित पक्का गरेका थिए।
उता रोनाल्डो बिना मैदानमा उत्रिएको पोर्चुगल घरेलु टोली स्वीट्जरल्यान्डसँग १–० ले पराजित भयो।
स्वीट्जरल्यान्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई जितउन हरिस सेफेरोभिकले खेलको पहिलो मिमेटमै गरेको गोल निर्णायक बन्यो।
सम्हालिन नपाँउदै गोल खाएको पोर्चुगल त्यसपछि घरेलु टोलीलाई दवावमा राखे पनि बलियो रक्षापङ्ती तोड्न नसक्दा पराजित हुन पुग्यो। स्वीट्जरल्यान्डले भने आफ्नो अग्रतालाई जोगाउँदै पहिलो जित निकाल्यो।
यो नतिजासँगै अपराजित रहेको स्पेन ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। स्पेनले समान २ जित र हारको नतिजा निकालेको छ। यस्तै पोर्चुगल ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा झर्दा चेक रिपब्लिक ४ अंकसहित तेस्रो र स्वीट्जरल्यान्ड ३ अंक जोडेर पुछारमा छन्।