एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा आज नेपालले इन्डोनेसियासँग खेल्दैछ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समय आज राति १ बजे खेल सुरु हुनेछ।
यसअघि पहिलो खेलमा जोर्डनबिरुद्ध नेपाल २–० गोलले पराजित भएको थियो भने कुवेतसँग ४-१ गोलले पराजित गरेको थियो।
इन्डोनेसियाले पहिलो खेलमा घरेलु टिम कुवेतलाई २-१ गोलले हराएको थियो भने दोस्रो खेलमा जोर्डनसँग १-० गोलले पराजित भएको थियो।
छनोटको समूह 'ए' मा नेपाल मात्र अंकविहीन छन्। ६ अंक जोर्डन शीर्ष स्थानमा छ। ३-३ अंक जोडेका इन्डोनेसिया दोस्रो र कुवेत तेस्रो स्थानमा छन्।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउनेछ। यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ। नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ।