अखिल नेपाल फुटबल संघ (एन्फा) को चार वर्षको कार्यकालका लागि निर्वाचित हुने २१ मध्ये १९ जनाको टुंगो लागेको छ।
अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भए। उनले ४५ मत ल्याउँदा कर्माछिरिङ शेर्पा ३९ मत ल्याएर पराजित भए।
वरिष्ठ उपाध्यक्षमा नेम्बाङ प्यानलका वीरबहादुर खड्का विजयी भए। उनले ४४ मत ल्याए। वरिष्ठ उपाध्यक्षमा पराजित भएका शिक्षित पराजुलीले ४० मत प्राप्त गरे।
चार उपाध्यक्ष पदमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी निर्वाचित भए। सोमबार भएको निर्वाचनमा ८४ भोट खसेकोमा लामाले ४८ भोट ल्याए भने खतिवडा र शाहीले ४७-४७ मत प्राप्त गरे। केसी ४३ मत ल्याएर विजयी भए।
उपाध्यक्षमा उम्मेदवारी दिएका सुन्दर नरसिंह जोशीले ४१ मत प्राप्त गर्दा विजयी हुन सकेनन्। उपेन्द्रमान सिंहले र विज्ञानराज शर्माले ३७-३७ मत ल्याउदा परजित भए। यस्तै उपाध्यक्षमा सबैभन्दा कम मत ल्याएका रत्नकुमार श्रेष्ठले ३६ मत मात प्राप्त गरे। उपाध्यक्षमा विजयी भएका लामा, खतिवडा र शाही नेम्बाङ प्यानलका हुन्। केसी भने शेर्पा प्यानलका हुन्। नेम्बाङ प्यानलका सुन्दर नरसिंह जोशी पराजित भए।
केन्द्रीय सदस्यमा मनिष जोशी (४८ मत), अनिल मल्ल (४७ मत), रविन्द्र चन्द (४६ मत), विकासनारायण श्रेष्ठ (४४ मत), भोजराज शाही (४४ मत), महेन्द्र क्षेत्री (४४ मत), पुरूषोत्तम थापा (४३ मत), रमेश व्यन्जन्कार (४३ मत), मनिराज विष्ठ (४२ मत), टिकाराम लामा (४१ मत) र भरत बुढ्थापा (४० मत) विजयी भए।
अनिल मल्ल, रविन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री र पुरूषोत्तम थापा अध्यक्षमा निर्वाचित नेम्बाङ प्यानलबाट विजयी भएका हुन्।
मनिष जोशी, रमेश व्यन्जन्कार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ्थापा शेर्पा प्यानलका हुन्।
१३ जना खुला केन्द्रीय सदस्यमध्ये ११ जनाको मात्र टुंगो लागेको हो। दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९-३९ मत ल्याएका थिए।
समान मत ल्याएका चार मध्ये दुई जनालाई एन्फाको आगामी साधारणसभाले एन्फाको विधान र फिफा/एएफसीका प्रतिनिधिको सल्लाहको आधारमा निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ।
दुई जना महिला सदस्यमा सरिला श्रेष्ठ (४६ मत) र पेमा डोल्मा (४३) मत ल्याएर विजयी भए। श्रेष्ठ नेम्बाङ प्यानल र डोल्मा शेर्पा प्यानलका हुन्। पराजित भएका विना श्रेष्ठ (४० मत) र बिन्द्रा देवान (३९) मत ल्याए।
निर्वाचित भएका १९ मध्ये नेम्बाङ पक्षका १२ जना निर्वाचित भएका छन्। शेर्पा पक्षबाट एक उपाध्यक्ष र ७ केन्द्रीय सदस्य गरी ८ जना निर्वाचित भएका छन्।
यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाले।
भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट बन्चित भएका थिए। यस्तै एन्फाको विधानविपरित मताधिकार दिइएको बन्दै दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको थियो।
निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी डिभिजन क्लब र ९ वटा सी डिभिजन क्लबले मत खसाल्नेछन्। यसैगरी राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ वटा क्लबले मत दिए। एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिएका थिए।
एन्फाको नयाँ कार्यसमिति
अध्यक्ष : पंकजबिक्रम नेम्बाङ
वरिष्ठ उपाध्यक्ष : वीरबहादुर खड्का
उपाध्यक्ष : दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी
केन्द्रीय सदस्य : मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरूषोत्तम थापा, रमेश व्यनजन्कार, मनिराज विष्ठ, टिकाराम लामा र भरत बुढ्थापा
महिला सदस्य : सरिला श्रेष्ठ र पेमा डोल्मा