सेनेगलका फरवार्ड साडियो माने इंग्लिस क्लब लिभरपुलबाट जर्मन क्लब वायर्न म्युनिखमा आबद्ध भएका छन्।
उनले वायर्नसँग ३२ मिलियन युरो (२७.४ मिलियन पाउन्ड) मा तीन वर्षका सम्झौता गरेका हुन्।
उनले थप ६ मिलियन युरो खेलका आधारमा र ३ मिलियन युरो व्यक्तिगत तथा टिमको उपलब्धिको आधारमा प्राप्त गर्नेछन्।
३० वर्षीय माने सन् २०१६ को जुनमा साउथह्याम्टनबाट लिभरपुलमा आबद्ध भएका थिए। त्यसयता उनले लिभरपुलका लागि २६९ खेलमा १२० गोल गरे।
लिभरपुलले गत साता उरूग्वेका फरवार्ड डर्विन नुनेजलाई बेन्फिकाबाट ६४ मिलियन पाउन्डमा भित्र्याएको थियो।
मानेले लिभरपुलबाट च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जित्न सफल भए।
यस्तै गत फेब्रुअरीमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक जित्दा मानेले महत्वपूर्ण भूमीका खेलेका थिए।