फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा सहायक रेफ्री किशन कन्हैया यादवले आगामी जुलाई २५ देखि अगस्ट ५ सम्म भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिपमा खेलाउने भएका छन्।
दुई नेपाली रेफ्रीलाई साफले प्रतियोगिता खेलाउने रेफ्रीहरूको सूचीमा राखेको हो। क्षेत्री र यादवले २०२१ मा आ-आफ्नो फिफा ब्याज प्राप्त गरेका थिए।
यसपटकको साफ यू-२० भारतको भुवनेश्वरमा आयोजना हुँदैछ।
कलिङ्गा रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ।
नेपालले प्रतियोगिताको तयारी सुरु गरिसकेको छ।