फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिका प्रस्थान गरेका छन्।
त्रिभुवन आर्मी फुटबल क्लबका दुवै जना आज अमेरिकाका लागि प्रस्थान गरेका हुन्।
आर्मी क्लबका अनुसार दुवै जना पाँचौ नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिताका लागि अमेरिका प्रस्थान गरेका हुन्।
दुवै जनाले प्रतियोगिता खेल्नेछन्। उनीहरू एलए टिमबाट प्रतिस्पर्धा गर्ने बताइएको छ।
भरत पछिल्लो समय नेपाली टिममा भने छैनन्। यद्यपी उनी आर्मी फुटबल टिमका कप्तान हुन्।
नवयुगले भने अघिल्लो महिना भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाली टिमको कप्तानी सम्हालेका थिए।
नियमित कप्तान किरणकुमार लिम्बूलाई खेलाडी-प्रशिक्षक विवादमा खेलाडीको साथ दिएपछि टिममा राखिएको थिएन। त्यसपछि नवयुगलाई कप्तानको जिम्मेवारी दिइएको थियो।