आगामी भदौंमा नेपालमा हुने साफ महिला च्याम्पियनसिपमार्फत पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्कने भएको छ।
पाकिस्तान फुटबल फेडेरेसनले नेपालमा हुने साफमा भाग लिँदै अन्तर्राष्ट्रिय फुटबलमा फर्कने जानकारी दिएको हो।
१० दिनअघि अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्न निकाय फिफाले पाकिस्तानमाथिको निलम्बन फुकुवा गरेको थियो।
जससँगै पाकिस्तानलाई अन्तर्राष्ट्रिय फुटलमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको थियो।
सन् २०२४ मा आन्तरिक विवादका कारण फिफाको निलम्बनमा परेसँगै पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा पनि भाग लिन पाएको थिएन।
महिला साफ आगामी भदौ १३ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशाला हुनेछ।
अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो।सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको थियो। यो प्रतियोगिताको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो।
अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको छ। नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।