इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ सिजनका लागि ‘आफ्नो योजनामा’ रहेको र ‘बिक्रीको लागि नभएको’ बताएका छन्।
३७ वर्षीया रोनाल्डो युनाइटेडको थाइल्याण्डको प्रि-सिजन भ्रमणमा सहभागी छैनन्।
गत सिजन रोनाल्डो इटालियन युभेन्टसबाट युनाइटेड फर्किएका थिए।
'पारिवारिक कारण उनी हामीसँग अहिले प्रि-सिजन टुरमा छैनन्। हामी यो सिजन रोनाल्डोसँगको योजनामा छौं,’ डच क्लब अयाक्सका पूर्वप्रशिक टेन ह्यागले भने,'म उनीसँग काम गर्न उत्सुक छु। क्रिस्टियानो बिक्रीको लागि होइनन्। उनी हाम्रो योजनामा छन्। हामी सँगै सफलता चाहन्छौं।’
यसअघि युनाइटेडको टिमसँगको प्रशिक्षणका लागि रोनाल्डो गएका थिएनन्। रोनाल्डोले पोर्चुगल राष्ट्रिय टिमको मैदानमा प्रशिक्षण गरेका थिए।
युनाइटेडले अस्ट्रेलियाको लागि उडान गर्नुअघि मंगलबार थाइल्याण्डमा लिभरपुलसँग खेल्दैछ। टेन ह्यागले रोनाल्डो अस्ट्रेलियाको भ्रमणमा सामेल हुनेछन् कि छैनन् भनेर अझै पक्का नभएको बताए।
उनले भने ,’मैले राम्रो कुराकानी गरें। क्रिस्टियानो र म बीचको कुरा हो, मैले पुष्टि गर्न सक्छु कि हामीले सँगै धेरै राम्रो कुराकानी गरेका थियौं।’