एरिक टेन ह्यागले म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको रूपमा विजयी सुरुआत गरेका छन्।
मंगलबार बैंककमा भएको मैत्रीपूर्ण खेलमा प्रतिद्वन्द्वी लिभरपुललाई ४-० ले पराजित गर्दा युनाइटेडले पहिलो हाफमा तीन गोल गर्यो।
सान्चोले १२, फ्रेडले ३० र एन्थोनी मार्सियलले ३३ मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुमै अग्रता दिलाए।
उरुग्वेका फकुन्डो पेलिस्ट्रीले ७६ मिनेटमा चौथो गोल थपे।
थाई राजधानीमा ५० हजारभन्दा बढी उत्साही समर्थकहरूको अगाडि युनाइटेडले प्रिसिजन भ्रमणमा सानदार जित निकाल्यो।