प्रि-सिजन भ्रमणमा रहेको नेपालको ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले अन्तिम मैत्रीपूर्ण खेलमा जित हात पारेको छ।
बुधबार भएको खेलमा एनआरटीले थाइल्यान्डको तेस्रो डिभिजनको लिग खेल्ने क्लब थोनबुरीलाई २-१ गोलले हरायो।
एनआरटीका लागि मेसौकेले ५३ मिनेट र दिपेश घलेले ७६ मिनेटमा गोल गरेका थिए।
त्यसअघि ३२ मिनेटमा किटिपोङको गोलबाट थोनबुरीले अग्रता लिएको थियो।
यसअघि खेलेका चार खेलमा भने एनआरटीले खराब नजिता बेहोरेको थियो।
एनआरटीलाई आइतबार भएको खेलमा थाइल्यान्डको शीर्ष डिभिजनको लिग खेल्ने क्लब चोनबुरी एफसीले ९-० गोलको फराकिलो अन्तरले पराजित थियो। त्यसअघि एनआरटीलाई थाइल्यान्डको तेस्रो डिभिजनको लिग खेल्ने क्लब कसेम बुन्डित युनिभर्सिटी एफसीले ५-२ गोलले पराजित थियो।
एनआरटी मलेसियाको भ्रमण सकेर थाइल्यान्ड गएको थियो। एनआरटीले मलेसियामा टिवाइटी कप खेलेको थियो।
मलेसिया पहिलो खेलमा इन्डोनेसियाको दोस्रो डिभिजनको क्लब कारोसँग ५-१ र दोस्रो खेलमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० गोलले पराजित भएको थियो।
मलेसिया भ्रमणमा दुई खेलमा १० गोल खाएको एनआरटीले थाइल्यान्डमा खेलेका तीन खेलमा १५ गोल खायो। पाँच खेलमा २५ गोल खाएको एनआरटीले ५ गोल गर्न सक्यो। पाँच मध्ये चार खेलमा पराजित एनआरटीले अन्तिम खेलमा भने जित निकाल्यो।