पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पूरा गरेका छन्।
उनी र बार्सिलोनाबीच ५० मिलियन युरोमा चार वर्षका लागि सम्झौता भएको छ। सम्झौतासँगै प्रिसिजन भ्रमणमा अमेरिकामा रहेको बार्सिलोनाको टिममा लेवान्डोस्की सामेल भएका छन्।
जर्मन क्लब बायर्न म्युनिखसँग एक वर्ष सम्झौता बाँकी रहेका ३३ वर्षीय लेवान्डोस्कीले गत महिना जर्मन च्याम्पियनलाई आफूले क्लब छाड्न चाहेको बताएका थिए।
लेवान्डोस्कीले गत सिजन ४६ खेलमा ५० गोल गरेका थिए। उनले बायर्नलाई लगातार १० औं बुन्डेसलिगा उपाधि जिताउन मद्दत गरेका थिए।
लेवान्डोस्की २०१४ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बायर्नमा आबद्ध भएका थिए। त्यसयता क्लबका लागि ३७४ खेलमा ३४४ गोल गरे।
उनले बायर्नमा आफ्ना सबै आठ सिजनमा लिग जिते भने २०२० मा बायर्नलाई च्याम्पियन्स लिग जिताउन मद्दत गरे।
बार्सिलोनाले फ्रान्क किसे र एन्ड्रियास क्रिस्टेनसेनलाई हस्ताक्षर गरिसकेको छ। यस्तै बार्सिलोनाले इंग्लिस क्लब लिड्सबाट राफिन्हालाई अनुबन्धन गरेको थियो।