आयरल्यान्डविरूद्धको टी-२० सिरिजको दोस्रो खेलमा घरेलु टिम न्युजिल्यान्डले ८८ रनको जित निकालेको छ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४ विकेट १७९ रन जोडेको थियो।
१८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १३.५ ओभरमा ९१ रनमै अलआउट भयो।
खेलमा न्युजिल्यान्डका मिचेल ब्रासवेलले ह्याट्रिक गरे। टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो ओभरमा बलिङ गरेका उनले पाँच बलमा तीन विकेट लिएका हुन्।
खेलको १४औं ओभरमा पहिलो बलमा चौका र दोस्रो बलमा एक रन दिएपछि उनले बाँकी तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक गरे।
तेस्रो बलमा आयरल्यान्डका मार्क अडियर र चौथो बलमा म्यककार्थीलाई क्याच आउट गराए। पाँचौ बलमा क्राइग योङ पनि क्याच भएपछि ब्रासवेलले ह्याट्रिक गरे।
उनले यसअघि एक टी-२० खेले पनि बलिङ गरेका थिएनन्।
उनले गत महिना इंग्ल्यान्डविरुद्ध टेस्ट खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका हुन्। उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू भने आयरल्यान्डविरुद्धको सिरिजबाट गरेका थिए।