सेनेगलका फरवार्ड साडियो मानेले कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (क्याफ) ले प्रदान गर्ने अफ्रिकन फुटबलर अफ दि इयरको ट्रफी दोस्रो पटक जितेका छन्।
उनलाई मोरक्कोको राजधानीमा आयोजित कार्यक्रममा ट्रफी दिइयो।
मानेले विजयी गोल गरेपछि सेनेगलले यस वर्षको अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।
माने यो वर्ष इंग्लिस क्लब लिभरपुल छाड्दै जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका थिए।
नाइजेरियाकी एसिसात ओशोलाले पनि महिलातर्फत दोस्रो पटक ट्रफी जितेका छिन्।
‘यस वर्ष ट्रफी पाउँदा म धेरै खुसी छु,’ ३० वर्षीय मानेले पुरस्कार पाएपछि भने।
मानेले राष्ट्रिय टिमका सहकर्मी तथा इंग्लिस क्लब चेल्सीका गोलकिपर एडवार्ड मेन्डीका साथै लिभरपुलका पूर्व सहकर्मी इजिप्टका मोहमद सलाहलाई पछि पारे।
‘म सेनेगलका जनतालाई धन्यवाद दिन्छु, र यो ट्रफी मेरो देशका युवाहरूलाई समर्पण गर्दछु,’ मानेले थपे, ‘जसले सेनेगललाई विश्वकपमा पुग्न मद्दत गरे र लिभरपुलसँग दुई उपाधि जिताउन भूमीका खेले उनलाई पनि धन्यवाद दिन चाहन्छु।'