पाउल पोग्बाले मंगलबार प्रि–सिजनअन्तर्गत बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
हालै मात्र नयाँ सिजनका लागि म्यानचेस्टर युनाइटेडबाट इटालियन सिरी ‘ए’ को क्लब युभेन्ट्स फर्किएका पोग्बाले अभ्यासका क्रममा घुँडामा चोट बोकेपछि बार्सिलोनाविरूद्धको खेल गुमाउने भएका हुन्।
युभेन्टसले एक विज्ञप्ति जारी गर्दै चोट त्यति गम्भीर नभए पनि जोखिम मोल्न नचाहने भन्दै आज हुने बार्सिलोनाविरूद्धको खेलमा उनलाई आराम दिन लागिएको हो।
यसअघि पोग्बाले युभेन्टसका लागि आफ्नो पहिलो प्रि-सिजन खेल खेलेका थिए। उनले लस भेगासमा मेक्सिकन क्लब चिभास ग्वाडालाजाराविरूद्ध खेलेका थिए। उक्त खेलमा युभेन्टस २-० ले विजयी भएको थियो।
यसअघि सन् २०१२ देखि २०१६ सम्म युभेन्टसबाट खेलेका थिए। यस क्रममा उनले चार पटक सिरी ‘ए’ को उपाधि जितेका थिए।