पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आफ्नो भविष्यबारे छलफल गर्न मंगलबार युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागलाई भेट्ने भएका छन्।
३७ वर्षीय फरवार्डले यसअघि आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए।
व्यक्तिगत कारणले गर्दा उनी युनाइटेडको प्रि-सिजन भ्रमणअन्तर्गत थाइल्याण्ड र अष्ट्रेलियाको भ्रमणमा गएका थिएनन्।
उनले यो सिजन टिममा अझै प्रशिक्षण गरेका छैनन्। उनी अहिले भने इंग्ल्यान्ड फर्किसकेका छन्।
प्रशिक्षक टेन ह्यागले यसअघि रोनाल्डो ‘बिक्रीको लागि नभएको’ र ‘हाम्रो योजनामा’ रहेको बताएका थिए।
रोनाल्डो गत सिजन युभेन्ट्सबाट युनाइटेड फर्किएका थिए।
टेन ह्यागले भ्रमण अघि रोनाल्डोसँग कुरा गरेको बताएका थिए।
प्रि-सिजन भ्रमणमा भ्रमणमा रोनाल्डोको अनुपस्थितिले उनको भविष्यबारे प्रश्न उब्जिएको थियो। युनाइटेडको टिमसँग प्रशिक्षक गर्नुको सट्टा उनले पोर्चुगल राष्ट्रिय टोलीको मुख्यालयमा प्रशिक्षण गरे।
रोनाल्डो गत सिजन युनाइटेडका सर्वाधिक गोलकर्ता थिए। युनाइटेड प्रिमियर लिगमा छैटौं स्थानमा रहदा च्याम्पियन्स लिगको छनोटमा गुमाएको थियो। जसका कारण रोनाल्डोले पहिलो पटक युरोपा लिग खेल्नु पर्नेछ।
रोनाल्डोको युनाइटेडसँगको सम्झौता एक वर्ष बाँकी छ।
युनाइटेडले शनिबार नर्वेमा एट्लेटिको म्याड्रिडसँ र आइतबार रायो भालेकानोसँग घरेलु मैदानमा प्रि-सिजन खेल खेल्नेछ।
नयाँ सिजनको युनाइटेडको पहिलो खेल आइतबार ७ अगस्टमा ब्राइटनको घरेलु मैदान हुनेछ।