स्पेनिस क्लब बार्सिलोनाले फ्रेञ्च सेन्टर ब्याक जुल कुन्डेलाई भित्र्याएको छ। बार्सिलोनाले अर्को स्पेनिस क्लब सेभियाबाट ५० मिलियन युरोमा कुन्डेलाई क्लबमा भित्र्याएको हो।
२३ वर्षीय कुन्डे यसअघि इंग्लिस क्लब चेल्सी जाने चर्चाकाबीच बार्सिलोनामा आबद्ध भएका हुन्।
युवा डिफेन्डर कुन्डेले सेभियामा सन् २०१९ मा आबद्ध भए यता १३३ खेल खेलेका छन् भने युरोपा लिगको उपाधि जितेका छन्।
गत वर्ष नेशन्स लिगको फइनलमा फ्रन्सले स्पेनलाई २-१ गोलले हराउदा कुन्डेले राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
यो सिजन बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब लिड्सबाट राफिन्हालाई भित्र्याएको थियो।
यस्तै आइभरी कोस्टका मिडफिल्डर फ्रान्क केइसी र डेनमार्कका डिफेन्डर आन्द्रेस क्रिस्टियनसन पनि यहि सिजन बार्सिलोनामा आबद्ध भएका थिए। फ्रान्क इटालियन क्लब एसी मिलान र आन्द्रेस इंग्लिस क्लब चेल्सीबाट बार्सिलोना आएका हुन्।