म्यानचेस्टर सिटीलाई हराउँदै एफए कम्युनिटी सिल्डको उपाधि लिभरपुलले जितेको छ।
शनिबार किंग पावर रंगशालामा प्रिमियर लिग च्याम्पियन सिटीलाई ३-१ गोल अन्तरमा हराउँदै लिभरपुलले सिजनको सुखद सुरुआत गरेको हो।
लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे। सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काएका थिए।
खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए। पहिलो हाफमा १-० ले पछि परेको सिटीलो बराबरी गोल फर्काउन ७० औं मिनेटसम्म कुर्नुपर्यो।
अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले ७० औं मिनेटमा खेल बराबरीमा ल्याए। तर ८३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए। न्युनेजको हेडरलाई सिटीका कप्तान रुबेन डियासले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
त्यसपछि खेलको इन्ज्युरी समयमा न्युनेजले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए। यो सँगै लिभरपुलले सिजनको पहिलो उपाधि जितेको छ।