महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रारम्भिक टोलीमा खेलाडी संख्या ३५ जनामा झारेका छन्।
गत साता बन्द प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीबाट ३५ जना छनोट गरिएको हो। यसअघि बोलाइएका २३ खेलाडी टिमबाट आउट भएका छन्।
नेपाली महिला टिमले आगामी महिना काठमाडौंमा हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ।
आगामी सेप्टेम्बर ६ देखि १९ सम्म हुने साफ महिला च्याम्पियनसिपमा दशरथ रंगशालामा हुँदैछ।
नेपाली टोली
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक
डिफेन्डरः हिरा कुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पूजा राना, पुनम जर्घा मगर, निशा थोकर, सिर्जना चेम्जोङ, विमला विक, समीक्षा घिमिरे
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, सविता राना मगर, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐयर, अनिता बस्नेत, हिमा चौधरी, कुसुम खतिवडा
फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी