इंग्लिस प्रिमियर लिगमा लिभरपुल आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको छ।
शनिबार भएको खेलमा लिभरपुल फुलहमसँग २-२ गोलको बराबरीमा रोकिएको हो।
डार्विन नुनेजको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले खेलमा दुई पटक पछि परेको अवस्था उल्टाएको थियो।
खेलको ३२ मिनेटमा मिट्रोभिकको गोलबाट फुलहमले खेलमा अग्रता लियो।
दोस्रो हाफमा मैदान छिरेका नुनेजले बराबरी गोल फर्काउन सफल भए।
नुनेजले ६४ मिनेटमा गोल गरेका बराबरी गोल गरेका थिए।
७२ मिनेटमा फुलहमले खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो। उसका लागि फेरि पनि मिट्रोभिकले गोल गरे। यसपटक उनले पेनाल्टीमा गोल गरेका थिए।
८० मिनेटमा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो। लिभरपुलका लागि सलाहले बराबरी गोल गरेका थिए। सलाहलाई गोल गर्न नुनेजले पास उपलब्ध गराएका थिए।
लिभरपुललाई हारबाट जोगाउन नुनेजले एक गोल गर्दा एक एसिस्ट गर्दै प्रिमियर लिगमा उत्कृष्ट डेब्यू गर्न सफल भए। यसअघि लिगको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको थियो।