इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ।
युनाइटेडलाई आइतबार भएको खेलमा ब्राइटनले २-१ गोलले पराजित गर्यो।
ब्राइटनका लागि दुवै गोल ग्रोबले गरेका थिए। उनले खेलको ३०औं र ३९औं मिनेटमा गोल गरे।
६८औं मिनेटमा ब्राइटनका माक अलिस्टरले आत्मघाती गोल गरेपछि युनाइटेडलाई खेलमा फर्कने अवसर जुरेको थियो। तर उसले गोल गर्न नसक्दा हार बेहोर्यो।
ब्राइटनले युनाइटेडको मैदानमा पहिलो पटक जित हात पारेको हो।
यता लेस्टर सिटी र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेलेका छन्।