फ्रेञ्च फरवार्ड करिम बेन्जिमा स्पेनिस क्लब रियल म्याड्रिडका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्।
बुधबार भएको युईएफए सुपरकपमा फ्रान्कफुन्टविरूद्ध गोल गरेसँगै बेन्जिमा रियलको सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका हुन्।
सुपरकपको फाइनलमा रियल २-० गोलले विजयी हुँदै उपाधि जित्यो।
बुधबार गोल गरेसँगै बेन्जिमाले रियलका लागि गोल संख्या ३२४ पुर्याए।
उनले सर्वाधिक गोलकर्ताको सूचीमा रहेका राउललाई पछि परेका हुन्। राउलले १९९४ देखि २०१० सम्ममा रियलका लागि ३२३ गोल गरेका थिए।
बेन्जिमाले सन् २००९ देखि ६०६ खेल खेल्दै ३२४ गोल गरे।
रियलको सर्वाधिक गोलकर्ताको सूचीमा भने क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोले रियलबाट २००९ देखि २०१८ सम्ममा ४३८ खेलमा ४५० गोल गरेका थिए।